इन्दिप कोइराला
बारा । बाराको देवताल गाउँपालिकामा पुन: मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०-१५ जना हात हालाहाल भएपछि रोकिएको मतदान फेरि सुरु भएको हो ।
नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएको थियो ।
देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेको सर्वदलीय बैठकले पुनस् मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएको हो ।
झडपमा घाइते भएहरुको सदरमुकाम कलैयास्थित कलैया असपतालमा उपचार भइरहेकै छ ।