मतदान गर्दै सुनिता डंगोलले भनिन्– मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ३४


काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका–२१ लगनस्थित फसिगा: मतदान केन्द्र पुगेर भोट हालेकी हुन् ।

मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस्