‘दबंग ३’लाई क्यूएफएक्स चेनमा ८८ शो

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : १०


काठमाडौँ । शुक्रबारदेखि रिलिज हुन लागेको नायक सलमान खान अभिनित फिल्म ‘दबंग ३’ले देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा दबदबा कायम गर्ने पक्का छ । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स ‘क्यूएफएक्स’ले ‘दबंग ३’लाई अहिलेसम्मकै सर्वाधिक शोज दिएको छ ।

यो फिल्मलाई देशभरका १२ वटा हलमा ८८ शोज दिइएको छ । देशभरका क्यूएफएक्सका सबै हलमा चलचित्रले रेकडब्रेक शोज पाएको छ । नयाँ नेपाली फिल्म नहुनु, हलमा लागेका अधिकांश नेपाली र विदेशी फिल्म उत्रिनु आदिले पनि ‘दबंग ३’लाई फाइदा भएको हो ।

प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस्