संखुवासभामा आज रातिदेखि भोलि बिहान ४ बजे सम्म घरबाट बाहिर निस्कन रोक

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : २०


काठमाडौं । संखुवासभामामा आज राति देखि भोलि बिहान ४ बजेसम्म घरबाटबाहिर निस्कन रोक लगाइएको छ।

पालिका चुनावको सुरक्षालाई ध्यानमा राखी बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ।

अत्यावश्यक कामले घरबाट बाहिर निस्कनुपरेमा सुरक्षा निकायलाई पहिला नै जानकारी गराइ अनुमति लिनुपर्ने प्रशासन कार्यालयले निकालेको सूचनामा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्