राष्ट्रिय सभा निर्वाचनकाे कार्यतालिका सार्वजनिक

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ०६


काठमाडाैं । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार राष्ट्रियसभा सदस्य उम्मेदवारी पुस २० गते हुने भएको छ भने पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । साथैै पुस २५ नै गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

स्थानीय तहका प्रमुख र उपप्रमुखमा ७५३ तथा प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्यमा ५५० निर्वाचनको मतदाता रहनेछन् । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।

यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।


प्रतिक्रिया दिनुहोस्