अमेरिका पुगेकी केकी अधिकारी भन्छिन्ः भोट हाल्नुहोला, भोट हाल्न नपाउँदा दुःखी छु

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  २ : २५


काठमाडौं। चुनावमा बेला अमेरिका पुगेकी अभिनेत्री केकी अधिकारीले चुनावका बेला सबैले भोट हाल्नुपर्ने बताएकी छिन्।

यद्यपी आफूले भने यसपटक भोट हाल्न नपाएको उनको गुनासो छ। उनी एक टेलिभिजन रियालिटी शोको कार्यक्रममा भाग लिन अमेरिका पुगेकी हुन्।

फेसबुकमा स्टाटस लेख्दै केकीले भनेकी छिन्,‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ। काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन। तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मुल्य पक्कै बुझ्नुभएकै छ। निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला। शान्त ,सुरक्षित अनि सुब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु।’


प्रतिक्रिया दिनुहोस्