रुसी समर्थक सरकारी सेनाको हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : ११


काठमाडाैं । सिरियाको इडलिब शहरमा रुसी समर्थक सरकारी सेनाले गरेको हवाई आक्रमणमा २२ सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा केही बालबालिका समेत रहेका छन् । आक्रमणका कारण शिविरमा बस्दै आएका शरणार्थीहरु समेत भाग्न बाध्य भएको बताइएको छ ।

उत्तर पश्चिम सिरियाको विद्रोहीको अधिनमा रहेको क्षेत्रमा हवाइ आक्रमण गरिएको हो । इरेली प्रान्तको मारो अल नुमान जिल्लाका दर्जनौ सहर र गाउँलाई निशाना बनाएर सेनाले हवाइ आक्रमण गरेको हो । अप्रिलमा टर्कीले सिरिया सीमा क्षेत्रमा गएको हवाइ आक्रमणमा पनि एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्