काठमाडौं । हास्य कलाकार आनन्द थापाको गएराती भक्तपूरको झोर्खेलस्थित निवासमा निधन भएको छ । ८६ वर्षीय कलाकार थापा लामो समयदेखि पक्षघात लगायतका स्वास्थ्य समस्याबाट पिडित हुनुहुन्थ्याे ।
थापाले कान्छी, माया प्रिति, मनको बाँध, कुमारी, वरदान, अचानक, राज, प्लान लगायतका थुप्रै चलचित्रमा सशक्त भूमिका निर्वाह गर्नुभएकाे थियाे । उहाँले थुप्रै नाटक तथा दर्जनौं टेलिचलचित्रमा पनि अभिनय गर्नुभएकाे थियाे ।
थापाले अभिनय गरेको 'म त तिम्रो घनश्याम तिमी मेरो राधा पियारी…' गीत अहिले पनि उत्तिकै चर्चित छ । थापाको दिउँसो साढे १२ बजे दाहसंस्कार गरिने बताइएकाे छ ।