एजेन्सी । सात महिला पहिले नजीबाबादमा भएको बसपा नेता हाजी अहसान र उनका भान्जा शादाबको हत्याको आरोपमा कुख्यात हत्यारा शाहनवाजको अतालतमै गोली चलाएर हत्या गरिएको छ।
अदालतमै भएको उक्त गोली काण्डमा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन्। पेशीका लागि ल्याइएका शाहनवाजका साथी जब्बार भने फरार भएका छन्। घटनालाई हाजी अहसानकी दोस्रो पत्नीका छोराले आफ्ना साथीसँग मिलेर गरेका थिए। प्रहरीले तीनै जना सुटरलाई पक्राउ गरेको भारतीय मिडिया अमर उजालाले जनाएको छ।
घटना मंगलबार दिउँसो १ः४० बजे बिजनौरको मुख्य न्यायिक मजिस्ट्रेट अदालतमा भएको थियो। अहसान र शादाब हत्याकाण्डको आरोपमा शाहनवाज र जब्बारलाई दिल्ली प्रहरीले बिजनौर सिजेएम अतालतमा पेसीका लागि गलेको थियो।
अदालतमा एक भित्तातिर शाहनवाज र जब्बार उभिएका थिए। जबकी सामुन्ने अन्य व्यक्तिका साथ हाजी अहसानकी दोस्रो पत्नी रिजवानाका छोरा साहिल, किरतपुरका मोहल्ला राघडान निवासी अफराजका छोरा अकरम, शामली जिल्लाको गाउँ लिलौन निवासी सुमितका छोरा जयपाल पनि उभिएका थिए।
प्रत्यक्षदर्शीका अनुसार तीन जनाले पेस्तोल चलाएर शाहनवाज र जब्बारमाथि गोली बर्साएका थिए। गोली चलेपछि अदालत परिसरमा भागदौड मच्चियो। अभिवत्ता र अन्य व्यक्ति भागे भने कतिले मेचमाथि लुकेर आफ्नो ज्यान बचाए। घटनानामा दुई प्रहरी घाइते भएका छन्।