काठमाडौं। पछिल्लो समय भारतमा बलिउड चलचित्र र दक्षिण भारतीय चलचित्रबीच टकराब बढेको छ।
बलिउडका कलाबारले हिन्दी भाषा राष्ट्रिय भाषा भनिरहेका छन् भने टलिउडका कलाकारले भारतमा सबै भाषा समान भएको र हिन्दी भाषा राष्ट्रिय भाषा नभएको टिप्पणी गरेका छन्।
यसबीचमा अजय देवगनले हिन्दी भाषा राष्ट्रिय भाषा भएकाले नै दक्षिण भारतीय चलचित्र हिन्दीमा डबिङ हुने उल्लेख गरेका थिए।
हाल यो विवादमा बलिउड अभिनेता रणवीर सिंहले आफ्नो विचार राखेका छन्। उनले भने सबै भारतीय फिल्महरु एकै भएकाले विवाद अनावश्यक भएको बताएका छन्।
उनी भन्छन्, ‘म एउटा कलाकार हुँ र मलाई फिल्मको व्यापारको बारेमा धेरै ज्ञान छैन्। किनकि, म कुनै लगानीकर्ता वा विश्लेषक होइन। तर, दक्षिण भारतीय फिल्मले यति राम्रो काम गरिरहँदा विवाद आवश्यक छैन। मलाई सबै फिल्ममाथि गर्व छ किनकि सबै फिल्म भारतीय फिल्म हुन्।’