एजेन्सी । दक्षिण भारतको केरलामा दर्दनाक घटना सार्वजनिक भएको छ। जहाँ चोरीको आरोपमा एक युवकमाथि पहिले कुटपिट गरियो। त्यसपछि गोप्य अङ्ग जलाएर हत्या गरिएको छ।
प्रहरीले यस घटनाको आरोपमा ५ जना व्यक्तिलाई पक्राउ गरेको छ भने अन्य दुईको खोजीकार्य भइरहेको छ।
घटना भारतको केरलास्थित त्रिवेन्द्रम थम्पनुर क्षेत्रको सेन्ट्रल बस स्टेसनको हो। चोरीको आरोपमा ७ जना व्यक्तिले थिरुवल्लूमका ३० वर्षीय युवक अजेशलाई अटोचालकको समुहले कुटपिटपछि गुप्ताङ जलाएर हत्या गरेको भारतीय मिडिया आजतकले जनाएको छ।
उनीहरुले बस स्टेसनमा सुतिरहेका एक व्यक्तिको पर्स र मोबाइल चोरी गरेको आशंका अजेशमाथि गरेका थिए। त्यहाँको प्रहरीका अनुसार गुप्ताङ्ग जलेका कारण उनको मृत्यु भएको हो।