धर्मेन्द्र-सुदर्शनले नयाँ पार्टी बनाएको एक हप्तामै २ कार्यकर्ताले छाडे समूह, फर्किए विप्लवतिरै

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ५५


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले पदमुक्त गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ समूहको चितवन भेलामा सहभागी भएका २ कार्यकर्ता विप्लव नेकपामै फर्किएका छन्।

चितवनमा बोलाइएको सो भेलामा नेकपाको ६९ केन्द्रीय समिति सदस्यमध्ये १० जना मात्र सहभागी थिए। उक्त भेलाले एकिकृत जनयुद्धको कार्यदिशा लिएपछि असन्तुष्ट हुँदा आफूहरुले सो समूह छाडेको २ कार्यकर्ताले बताएका छन्। उनीहरु विप्लवकै पार्टीमा फर्केका छन्।


प्रतिक्रिया दिनुहोस्