सासुको मृत्यु भएपछि बुहारीले पाइन् टिकट

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : २९


नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो ।

आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । आयोगको नयाँ निर्वाचन कार्यतालिका अनुसार कांग्रेसले रितालाई उपमेयरको उम्मेदवार दर्ता गराएको हो ।

महाराजगञ्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रिताले सासुको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिइन् ।


प्रतिक्रिया दिनुहोस्