काठमाडौं। अस्ट्रेलियाका वैज्ञानिकहरुले विश्वकै सबैभन्दा दुःखी देखिने माछा भेट्टाएका छन्।
यद्यपी त्यस्ता माछा पानीको सतहबाट बाहिर निकालिए पग्लिने बताइएको छ।
स्नेलफिसको दुई नयाँ प्रजाति पत्ता लाग्दा सो प्रजातिको एक माछा भने दुःखी अनुहार भएको भेटिएको हो।
उक्त माछा रिसाएको जस्तो र दुःखी देखिने वैज्ञानिकहरुको भनाइ छ। मिन्डेरो विश्व विद्यालयका वेस्टर्न अस्ट्रेलिया डिप सि रिसर्च सेन्टरले हिन्द महासागरमा यो माछा भेटाएको हो।
हालको माछा ब्लोबफिस भनिने माछाभन्दा पनि दुःखी देखिने गरेको बताइएको छ।