बैंक तथा वित्तीय संस्थाहरु आइतबार र शनिबार बन्द रहने

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ३७


काठमाडौं । सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि सरकारी अन्य निकायले त्यसलाई कार्यान्वयन गर्ने भएका छन्।

यसैबीच, बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९स्३० बजेदेखि अपरान्ह ५स्३० बजेसम्म हुने गरी तय गरेको छ।


प्रतिक्रिया दिनुहोस्