गर्भपात भएकी महिलालाई मध्य अमेरिकामा हत्या अभियोगमा ३० वर्षको जेल सजाय

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ०९


काठमाडौं। मध्य अमेरिकी राष्ट्र एल–साल्भाडोरमा गर्भपात भएकी एक महिलालाई ३० वर्षको जेल सजाय दिइएको छ।

मानव हत्या अभियोगमा ती महिलालाई जेल सजाय दिइएको द गार्जियनले जनाएको छ।

खबरअनुसार ती महिला गर्भपात भएपछि अस्पताल गएकी थिइन्। तर ती महिलालो जानाजान पेटको बच्चा फाल्ने प्रयास गरेकाले त्यस्तो भएको अदालतको भनाइ छ।

दुई वर्षयता उनलाई हिरासतमै अनुसन्धानको लागि राखिएको थियो। सोमबार भने उनको गर्भपात नभएर गर्भपतन भएको बताइएको छ।

अब उनले पुरा ३० वर्षसम्म जेल बस्नुपर्ने हुन्छ।

संयुक्त राज्य अमेरिकामा गर्भपतनलाई अहिलेसम्म वैधानिकता दिइएको छ। यद्यपी त्यहाँको अदालतले गर्भपतन गर्न पाइने नियम उल्ट्याउन खोजेका बेला साल्भाडोरमा यस्तो निर्णय भएको हो।

अमेरिकी महिलाले भने गर्भपतन महिलाको अधिकार भएको बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्