काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरिसकेको छ। यस क्रममा युक्रेनका सेनाले कडा रुपमा रुसी सेनाको प्रतिकार गरिरहेको छ।
तर युक्रेनकै एक महिलाले भने देशको सुक्ष्म जानकारीहरु रुसी सेनालाई दिने गरेको पाइएको छ। देशमा आक्रमण भइरहेका बेला देशको पक्षमा उभिनुको सट्टा ती महिलाले भने रुसी सेनालाई जासुसको रुपमा सघाएको पाइएको हो।
उनले युक्रेनी सेनाको ठेगाना र स्थान बताउने गरेको पाइएको छ।
युक्रेनको एलाइट स्पेसल फोर्सले खार्किभ नजिकैको कुटुजिभ्काकी गाउँको प्रमुख नाडिया एन्टोनोभोलाई गिरफ्तार गरेको छ। उनलाई देशद्रोही र गद्धार भनिएको छ।
डेलीमेलका अनुसार उनलाई हथकडी लगाएर घरबाटै पक्राउ गरिएको थियो। अब उनलाई जीवनभर जेल सजाय हुनेछ।
यस्तै गद्धार व्यक्ति अन्य स्थानमा पनि हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ। यसरी सूचना चुहाउँदा रुसी सेनाबाट युक्रेनी सेना मारिने सम्भावना धेरै हुन्छ।