म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरको माग

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : १८


सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो।

उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोलपाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए।

मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।

निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्