यूरोपमा रिट्ठाको लोकप्रियता बढ्यो

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : २९


काठमाडौँ । यूरोपमा रिट्ठाको माग तथा लोकप्रियता बढ्दै गएको छ। जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ युरोसम्म पर्छ।

यूरोपेली देशहरुमा रिट्ठाको धूलो वासिङ मेसिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ। रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोकप्रिय हुँदै गएको छ। 

शाकाहारी समाजले यसको प्रमाणीकरण र प्रवद्र्धनको काम गर्छन् । नेपालले पनि युरोप, अमेरिकालगायत विश्वका ११ ओटा देशमा रिट्ठा निर्यात गर्दै आएको छ । नेपालको रिट्ठाको मूल्य भारतमा प्रतिकिलो ६३ रुपैयाँ रहँदा युरोपमा ३८४ रुपैयाँमा निर्यात भइरहेको छ । भारतले पनि विश्वभर प्रतिकिलो औसत २२४ रुपैयाँमा रिट्ठा निर्यात गर्दै आएको छ । 

उक्त परिस्थितीमा ‘हिमालयन रिट्ठा ब्रान्डमा नेपाली रिट्ठा व्यवस्थित रुपमा निकासी गर्ने रणनीति अंगीकार गरेमा अन्तर्राष्ट्रिय बजारमा विशेष स्थान पाउन सकिनेछ । आजको आर्थिक दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्