डर्टमुन्डका स्टार फरवार्ड हल्यान्ड म्यानचेस्टर सिटीमा अनुबन्धित

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ०६


काठमाडौं। जर्मन क्लब बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हाल्यान्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी आउने पक्का भएको छ।

जारी सिजन प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले युवा फरवार्ड भित्राउने सैद्धान्तिक सहमति भएको जनाएको हो।

सिटी र हल्यान्डबीच १ जुलाईबाट सम्झौता सुरु हुनेछ। नर्वेका २१ वर्षीय युवा स्ट्राइकर हाल्यान्डलाई भित्र्याउन पछिल्लो समय इंग्लिस क्लबसहित विभिन्न लिगका क्लबहरुले तयारी गरेका थिए।

पछिल्लो समय अर्जेन्टिनी स्टार खेलाडी सर्जियो अग्युइरोले क्लब छाडेयता सिटीले मुख्य फरवार्ड पाउन सकेको छैन। जहाँ हल्यान्डले अग्युइरोको स्थान लिन सक्ने अनुमान गरिएको छ।

हल्यान्डले बोरुसिया डर्टमन्डबाट ८८ खेलमा ८५ गोल गरेका गरेका छन्। जारी लिगमा सिटी तीन खेल बाँकी रहँदा शीर्षस्थानमा छ भने च्याम्पियन्स लिगबाट भने बाहिरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्