ट्रम्पले अब फेरि ट्विटर चलाउन पाउने, मस्कले भनेः प्रतिबन्ध हटाउँछौं

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : ०२


काठमाडौं। विश्व प्रसिद्ध टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध हटाइने बताएका छन्।

४४ अर्ब डलरमा ट्विटर किन्ने सम्झौता गरेका मस्कले कम्पनी पूर्ण रुपमा स्वामित्वमा आएपछि आफूले ट्रम्पमाथि लागेको प्रतिबन्ध हटाउने बताएका हुन्।

उनले आफू अभिव्यक्ति स्वतन्त्रताको समर्थक भएको उल्लेख गरेका छन्। यसको अर्थ अब ट्रम्पले फेरि ट्विटर चलाउन पाउनेछन्।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका थिए। जसकारण उनका समर्थकले अमेरिकी संसद भित्रै घुसेर आक्रमण गरेका थिए।

हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै उनलाई फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक संजालले सँधैको लागि प्रतिबन्ध लगाएका थिए।

यसबीचमा ट्विटर खरिद गर्ने सम्झौता गरेका मस्कले अस्थायी प्रतिबन्ध जायज भएपनि सँधैका लागि प्रतिबन्ध लगाउनु जायज नभएको बताएका हुन्।

ट्विटरका सिइओ ज्याक डोर्सीले पनि मस्कको भनाइमा सहमति जनाएका छन्। सीएनएन


प्रतिक्रिया दिनुहोस्