मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ४२


काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएको तर मतदाता परिचयपत्र नभएकालाई नागरिकताको आधारमा मतदान गर्न मिल्ने व्यवस्था गरिएको बताए।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन्।

मतदाता नामावलीमा नाम भएकालाई परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता भएका नागरिकले मतदान गर्न पाउने गरि व्यवस्था गरिएको बताए।

*यसअघि मतदाता नामावलीमा नामभई परिचय पत्र नभएकाले नागरिकता देखाएर भोट हाल्न पाउने भन्नेमा अन्यथा भएकोमा सच्याइएको-सम्पादक

यो पनि पढ्नुहोस्

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने


प्रतिक्रिया दिनुहोस्