जडिबुटी संकलन गर्न गएका दुई जना मृत भेटिए

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : ५७


काठमाडाैं । बझाङमा जडिबुटी खोज्न गएका दुई किशोर मृत भेटिएका छन् । सुर्मा गाँउपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहराको हिउँमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयाे ।

मंसिर २५ गते घरबाट सुर्मा गाँउपालिकाको ओखल भन्ने ठाँउमा जडिबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरिएर ज्यान गएको हो । जडिबुटी संकलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगलबार मृत अवस्थामा फेला परेका सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताउनुभयाे।


प्रतिक्रिया दिनुहोस्