रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, २ घाइते

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ३७


रोल्पामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेपाली काँग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ।

सोमबार राति रोल्पाको गङ्गादेव गाउँपालिकामा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका छन्।

गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय गुण्डाको समुहले आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहरी गरेको नेपाली कांग्रेस गंगादेवले जनाएको छ।

गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन्।

कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ।

अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ। केही समयमा पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने प्रहरीले जनाएकोे छ।


प्रतिक्रिया दिनुहोस्