मृत्युवरण गर्नुअघि सन्जुको फेसबुक स्टाटस-‘मिसिङ यु लभ’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ०६


काठमाडौंं । १३ औं सागमा भारोत्तोलन खेल तर्फ स्वर्ण पदक विजेता खेलाडी सञ्जु चौधरीले मृत्युवरण गरेकी छन्।

चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। बाँके नेपालगन्जकी सञ्जु ललितपुर स्थित कोचको घरमा डेरा लिएर बस्दै आएकी थिइन्।

कोठाभित्रै ढोका भित्रबाट लक गरेको अवस्थामा सलले घाँटी कसेर झुण्डिएको अवस्थामा बिहान ६ बजे उनी मृत फेला परेको प्रहरीले जनाएको छ। सञ्जु उक्त घरमा एक महिनादेखि कोठा लिएर बसेकी हुन्।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। हालसम्म कुनै ‘सुसाइड नोट’ फेला परेको छैन।

व्यक्तिगत तनाव र पारिवारिक समस्याका कारण उनले मृत्यु रोजेको हुनसक्ने प्रहरीको अनुमान छ। उनको मृत्युले खेलाहीहरु स्तब्ध भएका छन्।

मर्नुअघि सञ्जुले आफ्नो फेसबुकमा हिन्दी टेलीसिरियलको सानो भिडियो सेयर गर्दै ‘मिसिङ यु लभ’ लेखेकी छन्।

करिब १५ घण्टा अघि फेसबुमा उनले सेयर गरेको सो भिडियाबाट उनी प्रेममा रहेको समेत संकेत गर्छ।

 


प्रतिक्रिया दिनुहोस्