युक्रेनमा रुसी आक्रमणको विरोध गर्दै पोल्याण्डका लागि रुसी राजदूतमाथि आक्रमण

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : ०३


वार्सा। युद्धविरोधी प्रदर्शनकारीहरूले सोमबार पोल्याण्डका लागि रुसी राजदूत सर्गेई एन्ड्रिभमाथि रातो रंग हानेका छन्।

वार्सामा सोभियत सैनिकहरूको चिहानमा माल्यार्पण गर्न खोजेको रुसी प्रतिनिधिमण्डललाई प्रदर्शनकारीहरूले रोकेका थिए।

नाजी जर्मनीमाथिको विजयको ७७औं वर्षगाँठ मनाउन आएका प्रदर्शनकारीहरूले उनीहरूलाई ‘फासिस्ट’ भन्दै युक्रेनी झण्डाहरूले घेरेका थिए।

टास समाचार एजेन्सीका अनुसार एन्ड्रिभ र उनको टोलीलाई घटनामा गम्भीर चोट लागेको छैन। तर, उनले औपचारिक विरोध गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्