परमाणु कार्यक्रम त्यागे उत्तरको अर्थतन्त्र मजबुत गर्न मद्दत गर्ने दक्षिण कोरियाको प्रतिवद्धता

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ११ : २३


काठमाडौं। दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रुपमा युन सुक–योलले शपथ ग्रहण गरेका छन्।

छिमेकी उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमलाई तिव्रता दिइरहेको बेला दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन भएको हो। यसवर्ष उत्तर कोरियाले १५ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

आफ्नो पहिलो सम्बोधनका क्रममा पिपुल पावर पार्टीको तर्फबाट राष्ट्रपति बनेका युन सुकले उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई रोक्ने कदम चाल्ने बताएका छन्।

उनले उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम त्यागेको खण्डमा उत्तर कोरियाको अर्थतन्त्र मजबुत बनाउन आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

गत मार्चमा सम्पन्न निर्वाचनमा उत्तर कोरियाली खतरालाई रोक्ने वाचा गरेपछि उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले उत्तर कोरियासँग शान्तिवार्ताको ढोका सँधै खुला रहेको पनि बताएका छन्।

मंगलबारको सम्बोधनमा उनले उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम त्यागेमा आफूले उत्तर कोरियालाई सहयोग गर्ने विषयमा निकै जोड दिएका थिए। सीएनएनको सहयोगमा


प्रतिक्रिया दिनुहोस्