पाटन क्यामपसमा अध्ययनरत शोभा घलानकाे शव झुण्डिएकाे अवस्थामा फेला

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १२ : ४४


काठमाडाैं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नंं ४ नल्लुमा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । सोमबार दिउसो ४ बजे १९ वर्षिय शोभा घलानले झुण्डिएर आत्महत्या गरेको महानगरिय प्रहरी व्रित्त चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले जानकारी दिनुभयाे ।

उनी पाटन संयुक्त क्यामपसमा विविएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । सव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ओझाको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्