उपराष्ट्रपतिकी श्रीमती पक्राउ

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : ५०


काठमाडाैं । मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले सोमबार पुष्टि गरेका छन् ।

आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिनुभयो । मुबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएसम्वन्धी छ ओटा, मुद्रा अपचलनसम्वन्धी पाँच ओटा र जालसाझीसम्वन्धी एउटा मुद्दा लगाइएको पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्