बकैयामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ४९


हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ।

बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन्।

चुनावको विषयलाई लिएर नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन्। उनीहरू दाजुभाइ समेत रहेका छन्।

घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताइन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घरझगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्