काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ। यसबीचमा युक्रेनका इन्टरनेट, विद्युत तथा विभिन्न पूर्वाधारहरुमा क्षति पुगेका छन्।
संचारका पूर्वाधारहरुमा क्षति पुगेपछि त्यहाँ संचार गर्न गाह्रो भएको थियो। यद्यपी विश्वकै धनाढ्य व्यक्ति तथा ट्विटर, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्कले युक्रेनमा निःशुल्क इन्टरनेट सेवा दिएका छन्।
मस्कले पृथ्वीको तल्लो कक्षमा रहेका २ हजार भूउपग्रह स्टारलिंकबाट इन्टरनेटको सेवा युक्रेनलाई दिइरहेको हो।
यस क्रममा रुस मस्कसँग रुष्ट बनेका छन्। रुसले पहिले युक्रेनको संचारप्रणालीलाई ह्याक गर्ने सोचेको थियो। तर मस्कको इन्टरनेट प्रणाली ह्याक गर्न सकिँदैन।
.@Rogozin sent this to Russian media pic.twitter.com/eMI08NnSby
— Elon Musk (@elonmusk) May 9, 2022
यतिबेला रुसले मस्कलाई युक्रेनमा इन्टरनेट नदिन चेतावनी दिइरहेको छ। मस्कका अनुसार उनलाई रुसी अन्तरिक्ष संस्था रोसकोसमोसका प्रमुखले धम्कीपूर्ण भाषामा पत्र लेखेका छन्।
डिमिट्री रोगोजिनको म्यासेजलाई ट्विट गर्दै मस्कले आफ्नो रहस्यमय अवस्थामा मृत्यु हुनसक्ने पनि बताएका छन्।
युक्रेनलाई क्रुर नाजीको संज्ञा दिँदै रोगोजिनले त्यस्ता देशलाई इन्टरनेट नदिन चेतावनी दिएका छन्।
फाँसीवादी सेनाहरुलाई संचार प्रणाली हस्तान्तरण गरेर मस्कले गल्ती गरेको पनि उनको भनाइ छ।
If I die under mysterious circumstances, it’s been nice knowin ya
— Elon Musk (@elonmusk) May 9, 2022