बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा होः ओली

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ११


पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन्।

पोखरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन्। त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ?’

केही दिन डडेल्धुरामा आयोजित चुनावीसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीपत्नी आरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिन नसकिने बताएकी थिइन्। ओलीले विकास बजेट कसैले पनि रोक्न नसक्ने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस्