काठमाडौं । उपनिर्वाचनमा कास्की– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराउनुभएको हो ।
सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपाका प्रमुख सचेतक देव गुरुङ लगायतको उपस्थिति थियो । विद्या हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नि हुनुहुन्छ । भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्कनुभएको हो।