क्यानाडाका प्रधानमन्त्री ट्रुडो पनि पुगे रुसले आक्रमण गरिरहेको युक्रेनमा, जेलिन्स्किीसँग भेटवार्ता

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ३९


क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडो युक्रेन पुग्नुभएको छ। उहाँ आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ।

प्रधानमन्त्री ट्रुडो आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गर्नुभएको बताइएको छ।

उहाँहरुका बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो। त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो।

त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गर्नुभएको थियो।

साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरुको माग गर्नुभएको थियो।

त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गर्नुभएको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्