वनस्थलीमा माइक्रोको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान भएन्

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ४ : ५१


काठमाडौँ । काठमाडौँको वनस्थलीमा माइक्रो बसको ठक्करबाट मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन्। सनाखत हुन नसकेपछि शव अलपत्र परेको छ। 

बा ६ झ ९२१९ नम्बरको माइक्रोको ठक्करबाट आइतबार अन्दाजी ४०–४२ वर्षका पैदलयात्रु गम्भीर घाइते भएका थिए। घाइते भएका उनको शुभेच्छा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइलामा उपचारका क्रममा मृत्यु भएको थियो। उनको अहिलेसम्म सनाखत हुन नसकेपछि शव अलपत्र परेको छ। 

मत्युपछि पनि उनको परिवार वा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ।

ज्यान गुमाउने व्यक्तिलाई चिन्ने कोही भए, सम्पर्क गरिदिन प्रहरीले अनुरोध पनि गरेको छ। 


प्रतिक्रिया दिनुहोस्