काठमाडौँ । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने जनाएको छ। १७ गतेसम्म परीक्षा सञ्चालन हुने छ।
बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने ।
यस्तो छ एसईईको परीक्षा तालिका