काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सहभागी भएको परीक्षामा ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ। यस्तै neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।
www.neb.gov.np,www.neb.ntc.net.np,www.edusanjal.com, www.theconnectplus.com मार्फत् पनि नतिजा हेर्न सकिनेछ ।