मधु अधिकारीले परित्याग गरे राप्रपा

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : ०३


हेटौंडा। ‘राप्रपा’का पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र विभिन्न बेथिति भित्रिएको भन्दै अधिकारीले पार्टी परित्याग गरेका हुन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनले शुक्रबार विज्ञप्ति जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्। अधिकारी हेटौंडा उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए। तर अन्तिम समयमा आएर दीपक सिंहलाई मेयरको उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए।

 


प्रतिक्रिया दिनुहोस्