अमेरिका । अमेरिकाको ह्वाइट हाउसअगाडि प्रवासी नेपालीहरुले 'गो ब्याक ईन्डिया'को नारा लगाएका छन्। भारतले नेपाली भू-भागसमेत समेटेर सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको विरोधमा अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थितव्हाईट हाउस अगाडि प्रदर्शन गरेका हुन्।
आइतबार अमेरिकाको स्थानीय राजनीतिमा संलग्न रहेका नेपाली मूलका अमेरिकी नेता समेत सहभागी रहेको सो प्रदर्शनमा 'गो ब्याक ईन्डिया', 'कालापानी, लिपुलेक हाम्रै' हो को नारा लगाइएको थियो। राष्ट्रपति भवन ह्वाइट हाउस अगाडी रहेको लफ़ायत पार्कबाट नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत तथा लोकगायक प्रेमराजा महतको रास्ट्रिय गीतबाट बिरोध सभा सुरु भएको विरोधसभा भारतीय दुतावाससम्म पुगेर कोणसभामा परिणत भएको थियो।
भारतले नेपालको सिमाना मिचेको विरुद्धमा अमेरिकी सरकार, यहॉको संसद र अमेरिकामा रहेका विश्व समुदायको ध्यानाकर्षण गराउन उक्त प्रदर्शन गरेको सहभागीको भनाइ थियो।
कुनै नेपाली संस्थाको नाममा नभएर सम्पूर्ण नेपालीहरुको संयुक्त आयोजनामा बिरोध प्रदर्शन गरिएकोले अमेरिकामा हुने अन्य कार्यक्रमहरुमा जस्तो संघ संस्थाका पदाधिकारीहरुको भाषणहरु राखिएको थिएन । कलाकारहरु खेम संग्रौला, पुष्पा घिमिरे र रामप्रसाद खनालले भारतले गरेको अन्यायका बिरुद्धमा देशभक्तिपूर्ण गीत गाएका थिए।