केवुलमा समस्या देखिएपछि एक्कासि इन्टरनेट सेवामा समस्या

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : २४


एजेन्सी । पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ।  कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

‘पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल)’ले वक्तव्य जारी गरेर एएइ-१ केबुलमा प्राविधिक समस्या भएकाले इन्टरनेट सेवा सञ्चालन नभएको पुष्टी गरेको हो। 

इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेट सेवा निकै सुस्त भएको र कतिपय ठाउँमा त घन्टौँसम्म पनि चल्दै नचलेको बताएका छन्। पाकिस्तानमा सञ्चालन भएको इन्टरनेट दक्षिण पूर्वी एसिया, युरोप, इजिप्टलगायतका देशमा भएको इन्टरनेटसँग सम्बन्धित रहेको अधिकारीहरुले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस्