विप्लव पदमुक्त भएको हल्लामात्रै, कञ्चन-सुदर्शनको भेलामा गएनन् बहुमत केन्द्रीय सदस्य

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : २६


काठमाडौं । पार्टीभित्र आर्थिक हिनामिना र बाहिर नेतृत्वविरुद्ध जथाभावी बोल्दै हिँडेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पदमुक्त गरेका थिए।

विप्लवको कारबाहीमा परेपछि सो पक्षले चितवनमा छुट्टै भेला आयोजना गर्यो। उक्त भेलाले महासविच विप्लव र प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको घोषणा गर्यो।

सो पक्षले आफुहरुसंग बहुमत केन्द्रीय सदस्य (लगभग ४० जना) भएको दाबी गर्दै महासचिवमाथि नै कारबाही गरेको सञ्चारमाध्यमलाई जानकारी दिएपछि नेकपामा तरंग नै पैदा भएको थियो।

तर, कञ्चन र सुदर्शनको भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएको पाइएको छ।

नेकपाको ६९ जनाको केन्द्रिय सदस्यमध्ये सो भेलामा ९ जनामात्र सहभागी भएका छन्। ६९ जना केन्द्रिय सदस्यमध्ये चितवनको भेलामा विप्लवको कारबाहीमा परेका हेमन्त वली, धर्मेन्द्र बास्तोला, दीपक चलायउने, गुणराज लोहनी, पूर्ण सिंह, कृष्ण वाग्ले, सरद रसाइली र लालबहादुर बिसिमात्र सहभागी भएको बताइएको छ।

पार्टीमा आफूहरुसँग बहुमत भएको दाबी गर्दै सुर्दशन-धर्मेन्द्र समूहले ‘खुफिया प्रचार’ मात्र गरेको विप्लव नेकपाको भनाई छ।


प्रतिक्रिया दिनुहोस्