मेयरको उम्मेदवार सिर्जना सिंहको कुकुरले टोक्यो पुण्य गौतमलाई, भन्छन्ः हाँसे, सरी भनेनन्

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : ११


काठमाडौं। नेपाली सामाजिक संजालमा भाइरल व्यक्तिको रुपमा परिचित पुण्य गौतमलाई कुकुरले टोकेको छ।

काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहको कुकुरले गौतमलाई टोकेको उनी स्वयंमले जानकारी दिएका छन्।

नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका पुण्य गौतम हिजो बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी घरमा पुगेका थिए।

सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आक्रमण गरेको थियो।

गौतमका अनुसार आफूलाई कुकुरले आक्रमण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको बरु ‘हाँसेको’ उनको गुनासो छ।

भिडिओ

@punyagautam_official_99 #punyagautam #punyagautamofficial #trendingvideo #viralvideos #tiktoknepal #srijanasingh #prakashmansingh ♬ original sound – Punya Gautam Bishwas


प्रतिक्रिया दिनुहोस्