डब्लूएचओः भारतमा कोरोनाका कारण ४७ लाखको मृत्यु, भारत १० गुणा बढी तथ्यांकबाट रुष्ट

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ११ : ५९


काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्लूएचओले भारतमा कोरोनाका कारण ४७ लाख लाखको ज्यान गएको जानकारी दिएको छ।

यो संख्या भारतको आधिकारिक तथ्यांकभन्दा करिब १० गुणाले बढी हो। डब्लूएचओको तथ्यांकमा भारतमा कोरोनाले धेरैको ज्यान गएको देखिएपछि भारत रुष्ट बनेको छ।

पुरा विश्वमा कोरोनाले डेढ करोडको ज्याद लिँदा भारतमा मात्र ४७ लाखको ज्यान गएको डब्लूएचओको तथ्यांक छ। तर डब्लूएचओको जानकारीसँग असन्तुष्ट भारतले प्रश्न उठाएको छ।

यद्यपी डब्लूएचओले धेरै देशले कोरोनाले लिएको ज्यानको संख्या घटाएको आरोप लगाएको छ।

भारतले डब्लूएचओले भारतको तथ्यांक कसरी, कुन मोडलबाट संकलन गर्यो भनेर प्रश्न गरिरहेको छ। भारतले एक विज्ञप्ती जारी गर्दै भनेको छ,‘डब्लूएचओको तथ्यांक संकलन गर्ने प्रक्रिया, कार्य प्रणाली र परिणाममा भारतको आपत्ति बाबजुद उसले अतिरिक्त मृत्यु दरको आफ्नो अनुमान सार्वजनिक गरेको छ।’

भारतको आधिकारिक तथ्यांकअनुसार त्यहाँ मात्र ५ लाख २४ हजारको कोरोनाका कारण मृत्यु भएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्