काँग्रेसद्वारा भट्टराई र क्षेत्रीको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : ३६


काठमाडौं । नेपाली काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत उहाँहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भट्टराई र क्षेत्रीले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको बताउँदै उहाँहरुको निधनबाट नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

यसैगरी काँग्रेसले धनुषा सबैला–२ निवासी ८७ वर्षीय प्रजातन्त्र सेनानी बलराम नायक र नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य चित्रबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरुले सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उहाँहरुको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्