पोर्न साइटमा प्रतिबन्द लगाउन भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १२ : ५६


पटना । एकपछि अर्को जघन्य बलात्कारका घटना सार्वजनिक भइरहेको भारतमा पोर्न साइटहरुमा पतिबन्द लगाउँन माग उठेको छ । 

बिहारका मुख्यमन्त्री नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेरै इन्टरनेटमा उपलब्ध पोर्ट साइट र अनुचित सामग्रीमा प्रतिबन्ध लगाउँन माग गरेका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको पत्रमा विभिन्न राज्यमा महिलामाथि भएका सामुहिक बलात्कार तथा तत्पश्चातका जघन्य घटनाले जनमानसलाई उद्वेलित पारेको उल्लेख छ ।

एक पछि अर्को राज्यमा बलात्कारका घटना सिलसिलावद्ध हुनु चिन्ताको बिषय रहेको मुख्य मन्त्रीले उल्लेख गरेका छन् ।

इन्टरनेट सँगको असीमित पहुँज, युवापिढीले अश्लील, हिंस्रक र अनुचित सामग्री सँग बढाएको सम्बन्धको प्रभाव कतिपय घटनामा देखिएको मुख्यमन्त्रीले बताएका छन् । 

कतिपय मामिलामा बलात्कारका घटनाको भिडियो बनाएर सामाजिक सन्जालमा सेयर गर्ने गरिएको उनले उल्लेख गरेका छन् ।

विशेषत: बालबालिका तथा युवाको मस्तिष्कमा यसले गम्भीर प्रभाव पारेको मुख्यमन्त्रीको पत्रमा बताइएको छ ।

सरकारले बेलैमा यस्ता गलत सामग्रीमा प्रतिबन्ध लगाउँनु पर्ने  उनको माग छ । 


प्रतिक्रिया दिनुहोस्