बागी उम्मेद्वार र समर्थक पार्टीबाट निष्कासित भएको काँग्रेसको घोषणा (विज्ञप्तिसहित)

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ३६


काठमाडौं । नेपाली काँग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ।

बिहीबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन्।


प्रतिक्रिया दिनुहोस्