गायक स्वप्न सुमनले गरे विवाह

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ९ : ४२


काठमाडौं । गायक स्वप्न सुमनले बिबाह गरेका छन्। उनले अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्।

उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेको जनाइएको छ।

विवाहपछि सामाजिक सञ्जाल तस्वीर सेयर गर्दै उनीहरुले यस विषयमा जानकारी दिएका हुन्। स्वप्न र ज्योत्सना केही समयदेखि प्रेम सम्बन्धमा थिए।

युट्युबबाट आफ्नो गायन यात्रा सुरु गरेका गायक सुमनका थुप्रै गीतहरु युवापुस्तामाझ चर्चित छन्।

यता अभिनेत्री योगी भने विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा काम गरेकी छिन्। उनी सन् २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘म त तिम्रै हुँ’मा मुख्य अभिनेत्रीको रुपमा देखिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्