आफू आईजिपी बनाइनुपर्ने विश्वराजको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ११


काठमाडौं । आफू आईजीपी हुनुपर्ने माग गर्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले मुद्धा हालेका थिए।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ। सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ।

अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ।

यस्तै किसिमको मुद्धामा यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको नियुक्ती सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो।

जयबहादुर चन्दलाई सरकारले आईजिपी बनाएपछि नवराज सिलवाल अदालत पुगेका थिए। जसका कारण आईजिपीमा नियुक्त भएको भोलिपल्टै जयबहादुरलाई काम गर्न सर्वोच्चले रोक लगाएको थियो।

के छ आज सर्वोच्चले जारी गरेको आदेशमा?


प्रतिक्रिया दिनुहोस्