काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा चुनावी सभामा भाषणा गरिरहँदा एकाएक ‘सर्प’ आएपछि केहिबेर कार्यक्रम रोकिएको छ।
अध्यक्ष ओलीले अहिले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका छन्।
ओलीले त्यहाँ चुनावी सभालाई सम्बोधन गरिरहँदा ‘सर्प’ निस्किएपछि केहीबेर सभा प्रभावित भएको छ।
आफ्नो भाषणमार्फत सत्तागठबन्धन र त्यससँग सम्बन्धित दलका शीर्ष नेताहरुको कडा आलोचनामा उत्रिएका ओलीले भाषणकै क्रममा मानिसहरु हो हल्ला गर्न थालेपछि सम्बोधन केहि समय रोकेका छन्।