काठमाडौं । भारतीय हस्तक्षेपविरुद्ध काठमाडौंमा विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको विरोध कार्यक्रममा उत्रिएका युवा र विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
युवा संगठन र विद्यार्थाीले गरेको शान्तिपूर्ण युवा र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।
सोमबार दिउँसो २ बजे काठमाडौंको सोह्रखुट्टेमा भेला भएर विरोध र्याली आयोजना गर्न खोज्दा सयौंको संख्यामा रहेका प्रहरीले हस्तक्षेप गरेको छ ।
विरोध र्याली आयोजना गर्ने आयोजक र प्रहरीबीच झडप भएको छ ।
सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।